बिहिबार, फाल्गुन १, २०८१

प्रिमियर लिगमा म्यानचेष्टर सिटी शीर्ष स्थानमा फर्कियो


कान्तिपथ


म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४-० ले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा फर्केको छ ।

शनिबार नै भएको अर्को खेलमा न्युकासललाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो । तर लिड्समाथि सहज जितपछि सिटीले शीर्ष स्थानमा फेरि लिभरपुलमाथि एक अंकको अग्रता बनाएको छ।

दुवै टिमको जितले उपाधि होड समेत रोमाञ्चक बनेको छ । ३४ खेलपछि सिटीको ८३ अंक छ भने लिभरपुल ८२ अंकसहित दोस्रो स्थानमा छ ।

लिड्सको मैदान एलान रोडमा भएको खेलमा सिटीका लागि रोड्रीले १३औं, नाथन एकेले ५४औं, गाब्रीएल जेससले ७८औं र फर्नान्डिन्होले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत