सोमवार, जेष्ठ २, २०७९

विश्वराज पोखरेललाई आईजीपी बनाउन गृहको प्रस्ताव


कान्तिपथ


गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुख (आईजीपी ) मा बढुवा गर्ने प्रस्ताव अघि सारेको छ । गृह मन्त्रालयले वरियतामा नम्बर एकमा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्न मन्त्रिपरिसदमा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा रहेको बताइएको छ ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट भएका थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएको बुझिन्छ। गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए ।

प्रधानमन्त्री देउवा भने अझै पनि आईजीपी नियुक्तिबारे परामर्शमै रहेको बुझिन्छ। सोहि कारणवस ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझैसम्म बस्न नसकेको बताइएको छ ।

वर्तमान सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दुई वर्ष सेवा अवधि बढाएर आफू निरन्तर संगठन प्रमुख हुनका लागि गरेको चलखेल असफल भएपछि उनले शुक्रबार साँझ एआईजीहरुको लागि सूचना जारी गरेसँगै सो चलखेल बन्द भएको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत