शनिबार, माघ २६, २०८१

चेन्नई सुपर किंग्सको कप्तानमा धोनी फिर्ता


कान्तिपथ


चेन्नई सुपर किंग्सका रविन्द्र जडेजाले आईपीएल २०२२ मा एमएस धोनीलाई कप्तानी फिर्ता गरेका छन् । २००८ देखि टोलीको नेतृत्व गरेका धोनीले जारी सिजन अघि जडेजालाई नेतृत्वको भूमिका सुम्पेका थिए।

तर फ्रेन्चाइजको आधिकारिक विज्ञप्तिमा भनिएको छ कि जडेजाले धोनीलाई पुन: आफ्नो खेलमा ध्यान केन्द्रित गर्नका लागि धोनीलाई कप्तानी फिर्ता लिन अनुरोध गरेका थिए । यस सिजनको सुरुमा प्रशिक्षक स्टीफन फ्लेमिङले खुलासा गरेका थिए कि धोनीले नयाँ चक्रको सुरुवातमा आईपीएल २०२१ मा उनीसँग यस सिजन जडेजालाई कप्तानी हस्तान्तरण गर्ने बारे कुराकानी गरेका थिए।

“एमएस धोनीले बृहत् हितमा सिएसकेको नेतृत्व गर्न र जडेजालाई आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने अनुमति दिन स्वीकार गरेका छन्,” सिएसकेको विज्ञप्तिमा भनिएको छ।

सुपर किंग्सले जडेजाको नेतृत्वमा यस सिजनको खराब सुरुवात गरेको छ, अहिलेसम्म आफ्ना आठ खेलहरू मध्ये दुईमात्र जित हासिल गर्दै प्लेअफ स्थान गुमाउने कगारमा रहेको छ। जडेजाले पनि फर्मका लागि संघर्ष गर्दै २२.४० को औसतमा ११२ रन बनाएका छन् भने आठ खेलमा मात्र ५ विकेट लिएका छन् र प्रति ओभर ८.१९ मा रन दिएका छन्।

कप्तानीमा फर्किएका धोनीको पहिलो खेल तालिकाको शीर्ष हाफमा बस्ने केन विलियम्सनको एसआरएचसँग आइतबार पुनेमा हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत