सोमवार, जेष्ठ २, २०७९

श्रोत नखुलेको १६ लाख नगदसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडौँ माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा श्रोत नखुलेको १६ लाख नगदसहित २ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ०२:४० बजेको समयमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा भरतपुर महानगरपालीका वडा नं. ११ घर भई हाल जिल्ला तनहुँ बन्दिपुर बस्ने ३१ वर्षीय दिपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर जादवको साथबाट श्रोत नखुलेको सोह्र लाख नगद फेला पारी निजहरुलाई उक्त नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्र.उ. दिनेश राज मैनालीले जानकारी दिएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत