नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको हो । नेता निधिले भन्नुभयो, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग प्ुग्नेछ । ” पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भन्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ