शनिबार, जेष्ठ ७, २०७९

कलाकार सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण


कान्तिपथ


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘जन्मदिनको शुभकामना गीत’को भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज लोकार्पण गर्नुभयो ।
सञ्चारकर्मी तथा कलाकार सुरजवीर बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मङ्गल धूनमा गाइएको छ । यसको सङ्गीत संयोजन जुगल डङ्गोलले गर्नुभएको छ ।
जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको वाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न शुरुमा नेपाल भाषा र अहिले नेपाली भाषामा शुभकामना गीत रचेर जनतासामु ल्याएको कलाकार बज्राचार्यले बताउनुभयो ।
चार वर्षअघि नेपाल भाषामा स्वराङ्कन गरिएको उक्त गीत नेवाः समुदायमा लोकप्रिय छ । बज्राचार्य नेवाः पत्रकारहरुको सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष पनि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत