आइतवार, चैत्र १०, २०८१

प्रहरीको २९ औँ आईजीपीमा धीरजप्रताप सिंहको बढुवा


कान्तिपथ


नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहको बढुवा भएको छ। सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले उनलाई आईजी बनाएको हो।

सिंह २०४९ चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना हुँदा पहिलो नम्बरमा थिए। डीएसपीमा बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै बढुवा भए। तर पछि राजनीतिक प्रभावमा यो ब्याचका कहिले को कहिले को अगाडि पुगे।

२०६२ जेठ २२ मा डीएसपी भएका सिंह २०६९ माघ ११ गते एसपीमा बढुवा हुँदा दोश्रो नम्बरमा झरेका थिए। त्यतिबेला पहिलो नम्बरमा उत्तमराज सुवेदी थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत