बुधबार, चैत्र १३, २०८१

कुन पदमा कतिले गरे मनोनयन फिर्ता ?


कान्तिपथ


स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिका अध्यक्षमा मनोनित भएका मध्येबाट २८० ले उम्मेदवारी फिर्ता लिएका छन् भने गाउँपालिका उपाध्यक्षबाट २२५ जना पछि हटेका हुन् ।

त्यस्तै नगरपालिका प्रमुखमा उठेका २६८ जना, नगरपालिका उपप्रमुखक २०४ र वडाध्यक्षबाट सबैभन्दा बढी २८३७ ले मनोनयन फिर्ता लिएका छन् ।

त्यसै गरि दलित महिला सदस्यबाट ६७७, महिला सदस्यबाट ९७२ र वडा सदस्यबाट २५७० जना गरि जम्मा ८०३३ मनोनयन फिर्ता भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत