महेन्द्र सिंह धोनीले कप्तानीमा फिर्ता आएपछि इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । यसअघि रविन्द्र जडेजाको कप्तानीमा रहेको चेन्नाईले आठ खेलमध्ये दुई खेलमात्रै जितेको थियो ।
टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । ऋतुराज गायकवाडले ९९ रन बनाए भने डेभोन कोनवेले अविजित ८५ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि १८२ रनको साझेदारी गरेका थिए जुन चेन्नाईका लागि आईपीएलमा पहिलो विकेटका लागि भएको साझेदारीको नयाँ रेकर्ड हो ।
२०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।हैदरावादले राम्रो शुरुवात गरेको थियो । ओपनर अभिषेक शर्माले विस्फोटक व्याट्टिङ्ग गर्दै ३९ रन बनाएर आउट भएका थिए । त्यस्तैनिकोलस पुरनले ३३ बलमा अविजित ६४ रन बनाए । अन्तिम ओभरमा उनले ३ छक्का र एक चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाईका मुकेश चौधरीले चार विकेट लिए भने बलिङतर्फ हैदरावादका टी नटराजनले २ विकेट लिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ