शनिबार, माघ २६, २०८१

पाल्पामा कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट !


कान्तिपथ


आउँदै गरेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। यसको दोष भने दुवै पार्टीले एकअर्कामाथि लगाएका छन्।

नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले निकालेको विज्ञप्तिमा कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा बोकेका १ सय २० जना जतिको समूह आएर आफुहरु माथि कुटपिट गरेको दाबी गरिएको छ ।

उता नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।

दुबै दलले कुटपिटपछि यस घटनामा प्रशासनको ध्यान केन्द्रित गराउन तथा झडप पश्चात भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत