बिहिबार, बैशाख ११, २०८२

भारतका प्रधानमन्त्री युरोप भ्रमणमा जाने


कान्तिपथ


१९ बैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जानुहुने भएको छ ।उहाँ सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उहाँ तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लाग्नुभएको यो युरोप भ्रमणका क्रममा उहाँले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नुहुनेछ । उहाँ सोमबार नै जर्मनी पुग्नुहुने छ । जर्मनीपछि उहाँले डेनमार्क र फ्रान्सको भ्रमण गर्नुहुने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत