आइतबार भएको प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा असन्तुष्ट रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले सुनिता रावतको वारेसमार्फत दिन लागेको रिट दर्ताका लागि पुगेको हो । रिट हाल अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।
आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो। सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।
सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट लिएर गएका हुन् ।
अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् ।