शनिबार, चैत्र ९, २०८१

मेट गाला २०२२: हलिवुड सेलिब्रिटीहरुको अजब गजब पहिरन – (फोटो सहित)


कान्तिपथ


न्यूयोर्कमा अवस्थित ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न वर्सेनिआयोजना हुँदै आएको मेट गाला २०२२ सोमबार सम्पन्न भएको छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि कार्यक्रमको छुट्टै थिम राखिएको थियो । यसपटकको मेट गालाको थिम ‘गिल्डेड ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।

संसारकै ठूलो फेसन कार्यक्रमको रुपमा रहेको मेट गालाको यसपटकको आयोजनामा पनि सेलिब्रिटीहरुले नयाँ र अनौठो कस्ट्युम लगाएका छन् ।

यसपटकको रेड कार्पेट लुकमा धेरैजसो ए–लिस्ट स्टारले आफ्नो जादु बिछ्याउन नसकेको धेरैले आरोपसमेत लगाएका छन् । एमिली राताजकोस्की, कारा डेलेभिग्ने, क्यामिला काबेलो, सारा जेसिका पार्कर, बिली इलिश, गेम्मा चान, क्लो ग्रेस मोर्ट्ज, लाला एन्थोनी, काइली जेनरको यसपटकको पहिरनले खासै वाहवाही बटुल्न नसकेको धेरैले बताएका छन् ।

यसपालिको मेट गालामा थुप्रै सेलिब्रिटीहरु उपस्थिति रहेको थियो जसमा कार्दासियनको पुरै परिवार, गिगी हदिद, इम्मा इस्तोंन, सोफी टर्नर लगाएतका उपस्थित थिए ।


सोफी टर्नरसँग जो जोनस र पीट डेभिडसनको साथमा किम कार्दशियन
गिगी हदीद र बेला हदिद
कार्डी बी र बिली इलिश
काइली जेनर र केन्डल जेनर
ओलिभिया रोड्रिगो र माउड अपाटो
जेसी बकली र एम्मा स्टोन
अलेसेन्ड्रो मिशेल, जारेड लेटो र ज्याकब एलोर्डी
फ्रेडरिक रोबर्टसन
रायन रेनोल्ड्स र ब्लेक लिभली
सेबास्टियन स्टेन र स्टोर्मिज
एन्डरसन।पाक र शान मेन्डेस
जोर्डन रोथ र हमिस बाउल्स


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत