सोमवार, जेष्ठ २, २०७९

भवन भत्किँदा नौ जनाको मृत्यु


कान्तिपथ


२० बैशाख नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको ताइएकोमा सोमबार राति थप एक जनाको शव भेटिएको हो । हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो । सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा के कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत