आइतवार, चैत्र १०, २०८१

‘जनपक्षीय कार्यबारे सुसूचित गर्नुपर्छ’


कान्तिपथ


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)ले गरेका जनपक्षीय कार्यकाबारे सर्वसाधरण नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीअन्तर्गत बागमती प्रदेश प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा नेकपा (एकीकृत समाजवादी) स्थापना गर्नुपरेको कारणको यथार्थ प्रचार गर्नुपर्नेमा सहभागी वक्ताले सुझाउनुभयो ।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले मुलुकमा वर्तमान राजनीतिक व्यवस्थाका साथै संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेकाले त्यसको खण्डन गर्नुपर्ने बताउनुभयो । “जनपक्षीय कार्यबारे सबैलाई सुसूचित गर्नुपर्छ” उहाँले भन्नुभयो ।

बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले स्थानीय निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार विजय गराउनुपर्नेमा जोड दिँदै पार्टी र प्रचार विभागबीच समन्वयको खाँचो औँल्याउनुभयो । प्रचार विभाग प्रमुख वसन्त मानन्धरले आसन्न निर्वाचनमा आफ्नो प्रदेशमा पार्टीका उम्मेदवारलाई विजयी गराउन घोषणापत्रलाई स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी प्रचार विभाग सदस्य नवराज अर्याल, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष नवराज छत्कुली र सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले गठबन्धनका साझा उम्मेदवारलाई सफल बनाउन संयुक्तरुपमा हुने प्रादेशिक गतिविधिलाई उपयोग गर्दै स्थानीय जनताको समस्या समाधानार्थ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत