नविन कार्की : मन्थली नगरपालिका वडा नं.१० चनखुको वडा अध्यक्षका लागी स्वतन्त्र सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये माओवादी, काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । चूनाव नजिंकिदै गर्दा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रम र चुनावी सभामा व्यस्त छन् ।
क्रमश: माओवादीबाट कुमार कार्की, काँग्रेसबाट गोपीलाल तामाङ र एमालेबाट राहारी चौहानले उम्मेदवारी दिएका छन्
। कुमार कार्की युवा भएकाले माओवादीले जित्ने सम्भावना धेरै भएको देखिन्छ । २०७४ को चुनावमा माओवादीबाट भारत बा. बोहोरा (अर्जुन) विजयी भएका थिए भने काँग्रेसका शंखर कार्कीले मात्र २९ भोटले पराजित भएका थिए । एमालेबाट भने डम्बर बहादुर बोहोराले लगभग २०० मात्र पाएका थिए । २०७९ को चुनावमा डम्बरले पनि एमालेबाट दावेदारी दिएका थिए तर टिकट भने पाउन सकेनन् । डम्बर रामेछाप जिल्ला कमिटिका सदस्य समेत रहेका छन् ।
२०७९ को निर्वाचनमा पनि माओवादी, काँग्रेस, र एमाले बीच कडा प्रतिस्पर्धा रहने देखिएको छ । चनखुमा जम्मा २१९८ मतदाता रहेका छन् । २०७४ को निर्वाचनमा भने १३०० भोट मात्र खसेको थियो । २०७९ को निर्वाचनमा भने करिब २००० मात खस्ने आंकलन गरिएको छ ।
चनखुलाई माओवादीको लाल किल्ला भनेर बुझिने गरिएको छ। २०७४ को निर्वाचनमा माओवादीले जित हासिल गरेको थियो भने २०७९ को निर्वाचनमा पनि जित हासिल गर्ने लक्ष्यका साथ माओवादी लागी परेको छ। माओवादीबाट उम्मेदवार रहेका कुमार कार्कीले ९० प्रतिशत भोट माओवादीलाई नै आउने निश्चित भएको बताएका छन् ।
अर्का काँग्रेसका उम्मेदवार गोपीलाल तामाङ भने कांग्रेस जिल्ला सभापति कान्छारामको सहयोग भएकाले जित निश्चित भएको बताउछन् । तामाङ पनि प्रचार प्रसारमा व्यस्त नै छन् । काँग्रेसमा टिकटको विवाद हुँदा काँग्रेस नगर कमिटि सदस्य समेत रहेका शंखर कार्कीले पार्टी परित्याग गरका छन् । कार्की काँग्रेसको प्रमुख दावेदार रहेका थिए। हेम बा. मगरले पनि पार्टीबाट राजिनामा दिएका थिए र पछी राजिनामा फिर्ता गरेका छन् । मगर चनखु काँग्रेसको उप-सभापति रहेका छन् ।
मावोवादीको अवस्था पनि उस्तै छ । २०७४ को चुनावमा विजयी भएका भरत बोहाराले पनि आफ्नो बुढीलाई बागी उम्मेदवार उठाएर पार्टीबाट राजिनामा दिएका छन् । बोहोरा २०७९ को प्रमुख दावेदारका रुपमा रहेता पनि टिकट पाउन नसकेको कारण पार्टीबाट राजिनामा दिएका हुन् ।
एमालेमा अन्तरिक द्वन्द्व भएता पनि बाहिर आउन सकेको छैन । एमालेमा पनि असन्तुष्ट पक्ष धेरै रहेको बुझिन्छ। रमेश के.सी एमालेबाट प्रमुख दावेदारका रूपमा प्रस्तुत भएता पनि टिकट नपाएका कारण पार्टी परित्याग गरेका छन् । एक एमालेका कार्यकर्ताले दिएको बयान अनुसार पार्टीमा नव प्रवेशी रामहरी चौहानलाई टिकट दिएकोमा असन्तुष्ट भएर के.सीले राजिनामा दिएका हुन् । रामहरी चौहान ३ महिना अगाडि मात्र आर्मीबाट अवकास पाएर आएका हुन् ।
समग्रमा चनखुमा जितको सम्भावना सबै पार्टीको बराबर देखिएको छ । आगामी बैशाख ३० मा हुने निर्वाचनको प्रचार प्रसारको लागी ३ वटै पार्टी लागी परेका छन् । यति बेला चनखुमा चुनावी सभा र घरदैलो कार्यक्रम गर्न उम्मेदवारहरु व्यस्त छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ