मङ्लबार, जेष्ठ ३, २०७९

मनाइयो अक्षय तृतीया


कान्तिपथ


वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ ।आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । जौको सातुमा गुड, चिनी, घीउ, दही र सक्खर मिसाएर सर्वत् बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ ।

दान गरेपछि सवपरिवार सर्वत् र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभकामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको विभिन्न ग्रन्थमा उल्लेख छ ।मत्स्य, भविष्यलगायत पुराणग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात् भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुरामजयन्ती भनी मनाउने चलन पनि छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत