काठमाडौं- युवा ईन्जिनियर राम भारतीले काठमाण्डौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका छन् । सो पदमा उनको उम्मेद्वारी बैशाख ६ गते दर्ता भएको थियो । ईन्जिनियर भारती राजनीतिका साथै पूर्व अरनिको यातायात प्रा.लि.का वित्त निर्देशक हुन्। तथा उनी प्लानेट कन्सल्टिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक पनि हुन् ।
यसअघि उनले न्यू भिजन एकेडेमीको व्यवस्थापक समितिमा अध्यक्ष पदमा संलग्न रहेर पनि काम गरीसकेका छन् । साथै अम्बेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष तथा मेगा सिभिल कन्सल्ट प्रालिका पूर्व निर्देशक पनि हुन् । ख्वप इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढेका भारतीले हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
“हाम्रो वडा हाम्रो शान, सबैको सहभागिता, सबैको सम्मान ” भन्ने चुनावी नारा लिएर यसपटक चुनावमा उनीलगायत उनको टिम अगाडी बढेको पाइन्छ । काठमाण्डौं महानगरपालिकाको वडा नम्बर ३२ का मतदाताहरु समक्ष नेकपा(माओवादी केन्द्र)का उम्मेद्वारहरुको प्रतिबद्धता निम्नलिखित २४ बुँदामा बुँदागत गरिएका छन् ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ