बिहिबार, फाल्गुन १०, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सिन्धुलीमा कांग्रेस कार्यालय तोडफोड गर्ने समूहलाई प्रहरीले अझै पक्राउ गर्न सकेन

सिन्धुलीमा कांग्रेस कार्यालय तोडफोड गर्ने समूहलाई प्रहरीले अझै पक्राउ गर्न सकेन


कान्तिपथ


सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा १० दिनअघि नेपाली कांग्रेसको प्रचार सम्पर्क कार्यालय तोडफोड गर्ने समूहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

कांग्रेस सम्पर्क कार्यालयमा आक्रमण हुँदा केही कार्यकर्ता घाइते हुनुका साथै सवारी साधनमा क्षति पुगेको थियो । दोषीलाई कारबाही नभएको भन्दै तोडफोड गरी क्षति पुगेका सवारी साधनहरु उस्तै अवस्थामा छन् । एमाले वडाध्यक्षका उम्मेदवार रितेश राउतकै प्रत्यक्ष संलग्नतामा आक्रमण भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । उम्मेदवार राउतसँगै अन्य ४० जनाभन्दा बढीलाई प्रहरीले खोजी गरिरहेको छ ।

कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरिरहेका छन् । आक्रमणमा परी आधा दर्जन कांग्रेस कार्यकर्ता घाइते हुनुका साथै ६ वटा सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले भलुवाही क्षेत्रमा थप झगडा नहोस् भनेर कडा सुरक्षाको व्यवस्था गरेको छ । आक्रमणकारीको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत