इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियललाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।
बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३-२ ले जित्यो। पहिलो लेगको खेल २-० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो।
भियारियलको घरेलु मैदानमा भएको खेलमा बोउलाए डियाले तेस्रो र फ्रान्सिस कोक्विलिन ४१औं मिनेटमा गोल गरेपछि भियारियलले पहिले हाफमा दुई गोलको अग्रता लिंदै स्कोर २-२ को अवस्थामा पुर्याएको थियो ।
लिभरपुलका लागि फाबिन्होले ६२औं, लुइस डियाजले ६७औं र साडियो मानेले ७४औं मिनेटमा गोल गरेपछि लिभरपुलले १२ मिनेटमै तीन गोल फर्कायो ।
पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पटक हो । अब लिभरपुलले अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
सिटी र रियल मड्रिड बुधबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेल्दैछन् । पहिलो लेग सिटीले ४–३ ले जितेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ