इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बंगलोरबीच खेल हुदैँ छ । पुणे स्थित महाराष्ट्र क्रिकेट संघ स्टेडियममा आज सांझ सो खेल हुने निर्धारित तालिका रहेको छ।
यहि सिजनमै पछिल्लो पल्ट यी दुई टिमबिचको खेल हुँदा सुपर किंग्सले रोयल च्यालेन्जर्सलाई पराजित गरेको थियो । तर त्यसबेला भने चेन्नईको कप्तानीमा रविन्द्र जडेजा रहेका थिए । एमएस धोनीले कप्तानी सम्हालेपछि सुपर किंग्सले जारि सिजनमा प्रदर्शनीमा सुधार ल्याएको छ ।
रोयल च्यालेन्जर्स बैंगलोर हाल दस खेलबाट पाँच जितसहित छैटौं स्थानमा छ भने सुपर किंग्सको नौ खेलबाट मात्र ६ अंक सहित अंक तालिकाको पुछारमा रहेको छ। प्लेफमा पुग्न दुवै टिमले यस खेलमा जित हासिल गर्नु जरुरि देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ