अखिल (क्रान्तिकारी) ले स्थानीय तहको निर्वाचनमा ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने भएको छ। अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठकको निर्णयानुसार प्रत्येक बुथमा १०० जना क्रान्तिकारी युवा परिचालन गर्ने भएको हो।
यही वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिने र भयरहित वातावरणमा निर्वाचन गराउन बुथ सुरक्षासहित नेकपा माओवादी केन्द्र र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उद्देश्यले ‘एक बुथ एक सय क्रान्तिकारी युवा’ परिचालन गर्ने निर्णय कार्यान्वयन गरिएको क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए ।
साथै बैठकले संगठनका केन्द्रीय पदाधिकारीद्वारा सम्बन्धित प्रदेशको पालिकाहरुको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरी ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरको जिम्मेवारी तय गरेको छ।
कार्यविभाजनको पूर्णपाठ



















देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ