बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा


कान्तिपथ


२१ बैशाख संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । सो परिषदले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण हुँदा कैयौँ नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।

साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको पनि निन्दा गरिएको छ ।अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरुको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत