कञ्चनपुरमा श्रीमान्–श्रीमती बीच रोचक भिडन्त हुने भएको छ । स्थानीय तहको चुनावमा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा एक दम्पती नै चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडासदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।
फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन् । कांग्रेसबाट वडासदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान्–श्रीमती गेटबाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ