सोमवार, जेष्ठ २, २०७९

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह


कान्तिपथ


२१ बैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ ।उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताउनुभएको हो ।

हाल युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राख्नुभएको हो ।डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।

भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री मोदी भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेको पनि उहाँले बताउनुभएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत