बुधबार, फाल्गुन १६, २०८०

रुस स्पेस स्टेशनबाट छिट्टै अलग हुने


कान्तिपथ


युक्रेनमाथिको रुसी हमलापछि रुसले चौतर्फी प्रतिबन्दहरुको सामना गर्नु परिरहेको छ । रुसमाथि अमेरिका, युरोपेली युनियन लगायतले कडा प्रतिबन्ध लगाइरहेका छन् ।

पश्चिमा मुलुकहरुबाट प्रतिबन्धको सामना गरिरहनु परेपछि रुसले अन्ततः अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट पनि अलग हुने घोषणा गरेको छ । आगामी दुई/तीन वर्षमा स्पेस स्टेसनबाट अलग हुने रुसले जनाएको छ।

रुसी समाचार एजेन्सी ‘तास’ का अनुसार रुसी स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले यस्तो घोषणा गरेका हुन् । यो निर्णय धेरै पहिले नै लिईएको र यस विषयमा सार्वजनिक रुपमा कुरा गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

यद्यपि स्पेस स्टेसनमा रुसको सहभागिता ठ्याक्कै कहिले अन्त्य हुन्छ भन्ने चाहिं उनले खुलाएका छैनन् । यद्यपि छाड्नु अगाडि कम्तीमा १ वर्षको सूचना दिइने उनले बताएका छन् ।

२०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा आफ्नो सहभागितालाई अगाडि बढाउन रुस कहिल्यै पनि सहमत नरहेको विश्लेषकहरुले बताउँदै आएका थिए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा तथा स्पेस स्टेशनमा सहभागी अन्य मुलुकका स्पेस एजेन्सीहरुले पनि यो स्टेशनलाई २०३० सम्म चालु राख्नुपर्ने बताउँदै आएका छन् ।

हुन त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट तथा अनुभवी नेता रोगोजिनले यसअघि पनि यस्ता धम्कीपूर्ण अभिव्यक्ति दिंदै आएका छन् । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दिन २४ फेब्रुअरीमा उनले एक ट्वीट गर्दै अमेरिकाले रुसमाथि कुनै प्रतिबन्ध लगाएमा स्पेस स्टेशन सञ्चालनका लागि भैरहेको नासा र रोसकोमसबीचको सहकार्य भंग हुने चेतावनी दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत