जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपालक लागि ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि नेपालले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ बनाएर आउट भएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । सामान्य लक्ष्य नेपालले मात्र २ विकेट गुमाउदै २५ बल अगावै प्राप्त गरेको हो ।
बलिङ्ग तर्फ नेपालका कप्तान सन्दिप लामिछानेले २ विकेट लिएका थिए भने सोमपाल कामी र बसिर अहमदले एक एक विकेट निकालेका थिए ।