युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको छ । यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल आयात गर्न बन्द गर्ने बताएकी छिन् ।
रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय युरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ । यसअन्तर्गत वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ ।
यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकबाट पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ । युरोपेली संघका अनुसार सबरबैंकबाहेक, रूसको क्रेडिट बैंक अफ मस्कोको रूसी कृषि बैंकको पनि स्विफ्ट प्रणालीबाट हटाइनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ