सोमवार, जेष्ठ २, २०७९

चेन्नईलाई १३ रनले हराउँदै बैंगलोर चौथो स्थानमा


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ । पुणेमा गए राति भएको खेलमा बैंगलोरले चेन्नईलाई १३ रनले हराएको हो । बैंगलोरले छैटौँ जितका साथ अंकतालिकामा चौथो स्थानमा उक्लिँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन मात्रै बनाउन सक्यो । 

चेन्नईका ओपनर डेभन कन्वेले सर्वाधिक ५६ तथा ऋतुराज गायकवाड २८ रन बनाए । रोविन उथप्पा १, अम्बाती रायुडू १० र रविन्द्र जडेजा ३ रनमा आउट भए । मोइन अली ३४ रनमा आउट भए । महेन्द्रसिंह धोनी २, ड्वेन प्रिटोरियस १३ र महेश थिक्सनाले ७ रन बनाए । 

बैंगलोरका हर्षल पटेलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए । शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । 

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ रन जोड्दा विराट कोहलीले ३० रन बनाए । दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए । चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए । चेन्नई १० खेलमा ६ अंक जोडेर नवौँ स्थानमा रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत