मङ्लबार, बैशाख २९, २०८३

ज्यान मुद्दामा फरार अभियुक्त तीन वर्ष पछि पक्राउ ।


कान्तिपथ


मिति २०७५।०८।०८ गते दिउँसो अ. १५:०० बजेको समयमा जिल्ला काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दासले धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुलाई मारेको र अनिल श्रेष्ठलाई गम्भिर घाईते बनाएका थिए ।

महेश परियार र मनिष बाँनियालाई सोही दिन साँझ १८:३० बजेको समयमा काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.१ साङ्ला विहानी चोक बाट नियन्त्रणमा लिईएको र जिल्ला अदालत काठमाण्डौकोले जन्म कैद सजायदिएको सुनाएको थियो । फरार रहेका प्रतिवादी सरोज सुन्दास ३ वर्ष भारत बसी विगत २/३ महिना देखि का.जि. नैकापमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले का.जि. नैकाप बाट मिति २०७९।०१।२१ गते दिउँसो १५:०० बजे पक्राउ गरी आवश्यक कारबाहिको लागि जिल्ला अदालत, काठमाण्डौ पठाईएको छ ।
पक्राउ परेका व्यक्ति :-
नाम थर : “मुण्डा” भन्ने सरोज सुन्दास
उमेर : २५ बर्ष
स्थायी वतन : जि.सिन्धुली कमलामाई न.पा. वडा नं-१०
हाल बस्ने: काठमाण्डौ जिल्ला चन्द्रगिरी न.पा. नैकाप



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत