अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएकी रञ्जु दर्शना यतिबेला राजनीतिक गतिविधिमा सक्रिय छैनन् । स्थानीय तहको निर्वाचन आएसंगै कतिपयले उनको खोजी समेत गरिरहेका छन् ।
त्यसबेला चुनावमा विजय हासिल गर्न नसकेपनि सम्मानजनक मत ल्याउँदै उनले धेरैको मन जितेकी थिइन् । केही पहिले विवेकशील साझा पार्टीसमेत छाडेकी उनी त्यसयता राजनीतिमा निष्क्रिय जस्तै बनेकी छन् । यहीबीचमा बुधबारमात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन्।
‘जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेका छौँ। यहाँहरूको आशीर्वाद र शुभकामनाको लागि धेरै धेरै धन्यवाद’, उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन् ।
गत फागुन ५ गते किसु कुइँकेलसँग ‘इन्गेजमेन्ट’ गरेकी उनले बुधबार पारिवारिक समारोहका बीच बिहे गरेकी हुन् । वैवाहिक जीवनमा प्रवेश गरेपछि दर्शनाले आफूहरु जीवनको एक सुन्दर अध्यायमा प्रवेश गरेको बताएकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ