सोमवार, जेष्ठ ५, २०८२

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल प्रवेश


कान्तिपथ


म्यानचेष्टर सिटीविरुद्ध शानदार पुनरागमन गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो ।

पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो । सिटीले भने पहिलो लेगको आफ्नो अग्रता जोगाउन सकेन ।

रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगको खेलको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीला अग्रता दिलाएका थिए । त्यसपछि सिटीले ६-४ को अग्रता बनाएको थियो ।

त्यसपछि रियलका रोड्रिगो चम्केपछि रियल खेलमा फर्किएको थियो। ९० औं मिनेटमा रियलका लागि बराबरी गोल गरेका रोड्रिगोले इन्जुरी टाईमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

समग्रमा खेल ५-५ को स्थितिमा पुगेपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थपिएको थियो। करिम बेन्जेमाले ९५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई ३-१ को जित दिलाएका हुन् ।

अब रियलले च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलको सामना गर्नेछ । फाइनल खेल मे २९ मा हुने तालिका रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत