बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो ः विश्व स्वास्थ्य संगठन

कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो ः विश्व स्वास्थ्य संगठन


कान्तिपथ


२२ बैशाख विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ ।

त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ ।सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताउनुभएको हो । उहाँले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उहाँले बताउनुभयो । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि बृद्धि भएको उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत