बुधबार, फाल्गुन ९, २०८०

अफगानिस्तानको बाघलान, बाघिस प्रान्तमा बाढीका कारण ८ जनाको मृत्यु


कान्तिपथ


अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् । उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुधबार राति आएको अविरल वर्षा र आँधीका कारण कैयौं गाउँमा आएको बाढीमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

बाढीले करिब ९०० घरलाई पनि नराम्ररी क्षति पुर्याएको वा बगाएको अधिकारीले बताएका छन् । बुधबार राति आएको बाढीका कारण करिब ९ हजार एकड खेतबारीमा क्षति पुगेको अधिकारीले जानकारी दिए । त्यसैगरी, बुधबार पश्चिमी बाघिस प्रान्तको कादिस र घोरमाच जिल्लाहरूमा भीषण बाढीले दुई बालबालिकासहित चार जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी बरिदाद साबिरीले जानकारी दिएका छन्। अधिकारीहरुका अनुसार मङ्गलबार पनि उत्तरी फर्याबमा दुई जनाको र पूर्वी परवान प्रान्तमा दुई जनाको बाढीले ज्यान लगेको छ। राजधानी काबुललगायत युद्धग्रस्त अफगानिस्तानका केही भागमा मङ्गलबार र बुधबार मुसलधारे पानी परेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत