बिहिबार, बैशाख ३१, २०८३

कोषाध्यक्ष गुरुङले छाडे कमल थापाको साथ


कान्तिपथ


राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले कमल थापाको साथ छोडेका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् ।

कमल थापा नेतृत्वको राप्रपाबाट यसअघि उपाध्यक्ष उद्धब पौडेलसहित केही नेताले समेत राजीनामा दिइसकेका छन् । राजेन्द्र लिङ्देनसँग राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले सो पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए । तर, उनको पक्षमा देशव्यापी कार्यकर्ताको साथ नभएपछि नेताहरू धमाधम छाड्दै राप्रपातिर फर्किने तयारीमा देखिएका छन् ।

पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक सङ्गठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष समेत भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत