सोमवार, जेष्ठ २, २०७९

भ्रष्टाचार शुन्य महानगर बनाउने प्रतिवद्धता


कान्तिपथ


विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताउनु भएको छ । उहाँले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने उल्लेख गर्नुभयो ।

कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने जानकारी दिनुभयो । यसैगरी जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोश्रो ठूलो सहर निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा बिराट राजा दरवारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाउनुभयो । वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यक्तालाई ध्यानमा राखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत