बुधबार, माघ ३०, २०८१

रुस र युक्रेनबीचको युद्ध इरानको लागि मौका ?


कान्तिपथ


युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर तेलको मूल्य प्रभावित भएको छ । तेलको मूल्य बढेपछि इरानको राजनीति बुझ्ने विज्ञहरूले इरान निकै उत्साहित भएको बताएका छन् । यस्तो अवस्थामा आफूमाथि लगाइएको नाकाबन्दी कम गर्न विश्व शक्तिहरूसँग परमाणु सम्झौतामा पुनः वार्ता गर्न हतार गरेको देखिँदैन । समाचार एजेन्सी रोयटर्सका अनुसार गत वर्ष इरान र अमेरिकाबीच इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने उपाय खोज्न अप्रत्यक्ष वार्ता भएको थियो । अमेरिकी प्रतिबन्धका कारण इरानका सर्वसाधारणले आर्थिक समस्या भोगिरहेका छन् । जसका कारण पनि असन्तुष्टि बढेको छ । तर मार्चदेखि दुई देशबीचको वार्ता रोकिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) र तेहरानको एलिट मिलिटरी फोर्सलाई अमेरिकाको विदेशी आतंकवादी संगठन (एफटीओ) को सूचीबाट हटाउनु इरानको मुख्य माग हो । इरानी अधिकारीहरूले युक्रेन र रुस द्वन्द्व इरानका लागि अवसर भएको बताएका छन् । एक वरिष्ठ इरानी अधिकारीले आणविक कार्यक्रम योजना अनुसार अघि बढिरहेको र समय आप्नो साथमा रहेको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत