बिहिबार, चैत्र ६, २०८१

छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु


कान्तिपथ


सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ । आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । पुनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।
दुवै शवको जिल्ला अस्पतालमा सल्यानमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत