शुक्रबार, फाल्गुन ११, २०८०

बागी उम्मेदवारलाई कांग्रेसको कारबाही


कान्तिपथ


नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर गर्नुभएको प्रेस विज्ञप्तिमा बेनीघाट रोराङका देवीप्रसाद सिलवाल, नीलकण्ठका कल्पना अधिकारी, नेत्रावती डबजोङका टेकजङ्ग लामा, खनियाबासका फूलबहादुर तामाङ र खनियाबासकै सरिता तामाङलगायत प्रस्तावक र समर्थकलाई आज उप्रान्त पार्टी सदस्य नरहेको जानकारी गराइएको छ ।

उनीहरू सबै आफूमाथि अन्याय भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गाउनेहरू छन् । उनीहरूलाई पार्टीले पटक–पटक सार्वजनिक विज्ञप्ति निकालेर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आउनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत