आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • आमाबुबाको हत्या गरेकाे आराेपमा ताप्लेजुङका आइतराज लिम्बु पक्राउ

आमाबुबाको हत्या गरेकाे आराेपमा ताप्लेजुङका आइतराज लिम्बु पक्राउ


कान्तिपथ


ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाकाे हत्या गरेकाे आराेपमा छोरा पक्राउ परेका छन् । लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरी बुबा आमाको हत्या गरेको जानकारी दिनुभयाे ।  जाँडरक्सी खाएर झगडा गरी आमाबुबाकाे हत्या गरेको हुनसक्ने बताइएको छ । प्रहरी प्रशासनले हत्या आराेपित आइतराजलाई पक्राउ गरेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत