इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान रिसभ पन्तले २६ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुस्त सुरुवात थियो । हैदरावादका लागि ओपनर्स अभिषेक शर्माले ७ र कप्तान केन विलियम्सनले ५ रन मात्र बनाए । एडेन मारकरमले ४२ र निकोलस पुरनले ६२ रनको योगदानको सहयोगमा हैदरावाद लक्ष्यको केहि नजिक भने पुगेको थियो ।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक–एक विकेट लिए भने दिल्लीका खलिल अहमदले ३ र शार्दुल ठाकुरले २ विकेट लिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ