शुक्रबार, फाल्गुन २, २०८१

सुनौलो रंगको कछुवासहित एक युवक पक्राउ


कान्तिपथ


काठमाडौँको चावहिलमा प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीको टोलिले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत