बुधबार, फाल्गुन ९, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • रुसी विदेशमन्त्री लाभ्रोभको अभिव्यक्तिप्रति पुटिनले माफी मागे

रुसी विदेशमन्त्री लाभ्रोभको अभिव्यक्तिप्रति पुटिनले माफी मागे


कान्तिपथ


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले हिटलर पनि यहुदीको हिस्सा भएको भनेर दिएको अभिव्यक्तिप्रति माफी मागेको इजरायलले जनाएको छ । पुटिनले इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । यद्यपि यो टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख नगरिएको बीबीसीले जनाएको छ ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले गएको आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा हिटलर पनि यहुदीको हिस्सा भएको प्रतिक्रिया दिनुभएको थियो । यो अन्तर्वार्ता लगत्तै इजरायलले रुसी विदेशमन्त्रीले माफी माग्नुपर्ने बताएको थियो ।इजरायलले रुस र युक्रेनबीच भइरहेको युद्धमा मध्यस्थताको प्रयास समेत गर्दै आएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत