आइतवार, माघ ६, २०८१

प्रधानसेनापति शर्माद्वारा निरीक्षण


कान्तिपथ


प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रिया गर्नुभएको थियो । सो क्रममा उहाँले उक्त ठाउँमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्ले सम्पादन गर्न निर्देशन दिनुभयो । निरीक्षणका क्रममा कालीभञ्जन गण (इ)का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत