बुधबार, मंसिर १४, २०७९

अब राजनीतिबाट देशको सेवा गर्छु : भुवन केसी


कान्तिपथ


चर्चित अभिनेता भुवन केसीले ४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने बताएका छन् ।

भर्खरै मात्र नेपाली कांग्रेस प्रवेश गरेका केसीले बिहीबार एक कार्यक्रममा भने, ‘केही समयअघिदेखि नै कांग्रेस प्रवेश गर्ने कुरा भए पनि समय मात्रै अहिले जुरेको हो । मेरो राजनीतिका यात्रा कलाकारको हकहितमै केन्द्रित हुनेछ ।’

त्यस्तै कार्यक्रममा उपस्थित अभिनेता नीर शाहले कांग्रेसको प्रजातान्त्रिक वातावरणका कारण नै यसप्रति कलाकारहरुको आकर्षण बढेको दाबी गरेका छन् । कलाकारिता क्षेत्रका विकृति र विसंगति निराकरण गर्न नै आफू पनि कांग्रेसमा आएको उनको भनाइ छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कांग्रेसले कलाकारको सम्मान र समस्याको समाधान गर्न पहल गर्ने देखिएकाले यो पार्टीमा आएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि उपस्थित थिए ।

सोही अवसरमा कांग्रेसको प्रचार गीत ‘जय नेपाल मुख-मुखमा भोट जति रुखमा’ समेत सार्वजनिक गरिएको थियो । गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत छ भने कृष्ण विक, प्रीति आले र सरला विकको स्वर रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत