कीभ, युक्रेन, २३ बैशाख, संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् । “हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ,” एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउनेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ