बिहिबार, चैत्र ६, २०८१

मधेस प्रदेश कोरोना मुक्त ः ८२ प्रतिशतले लगाए पूर्ण खोप


कान्तिपथ


मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।

कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । 

सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको  मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । 

यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढ्ेको निर्देशक झाले बताउनुभयो । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत