शनिबार, अशोज १३, २०८०
  • गृहपृष्‍ठ
  • प्रशासन
  • जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन


कान्तिपथ


सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम/कारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ

मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी, प्रतिफल आउने जनमुखी काम गर्न अपिल गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “तपाईहरु जुनजुन जिम्मेवारीमा हुनुहुन्छ, म तपाईहरूलाई एउटा प्रश्न गर्न चाहान्छु, यो त्रैमासिक प्रगति समीक्षामा तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?, वास्तवमा मैले हेर्दाखरी म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन, हामीले कार्य सम्पादनको निम्ति सम्झौता पनि ग¥यौँ, तर त्यो सम्झौताअनुसार हाम्रा पाइला अगाडि बढेका छन् कि छैनन्, सम्झौताअनुसार काम भएको छ कि छैन, अब समीक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने छ ।” उहाँले टेलिकममा देखिएको टावर नटिप्ने समस्या जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिँदै इन्टरनेटको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता कार्कीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताले विकास र समृद्धि चाहेको हुँदा तीव्र गतिमा काम गर्नेपर्ने उहाँको भनाइ छ । 

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विगतका आर्थिक वर्षको तुलनामा चालु आवमा प्रगति भएको देखिए पनि फछ्र्याैटलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले ‘डिजिटल आर्काइभ’ को कामलाई आगामी आर्थिक वर्षभित्रमा सक्नुपर्ने बताउँदै डिजिटल हस्ताक्षरको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लगायतका प्रतिनिधिले आ–आफ्नो कार्यालयको कार्य प्रगतिबारे प्रस्तुत गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत