शनिबार, जेष्ठ ७, २०७९

‘सुकुम्बासीमुक्त सहर निर्माण गर्छौं’


कान्तिपथ


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उहाँले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र  बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाउनुभयो । महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताउनुभयो । केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत