ओस्करको थप्पड विल स्मिथका लागि महँगो बन्दै


कान्तिपथ


ओस्करमा क्रिस रकलाई थप्पड हानेको घटनाले हलिउड स्टार विल स्मिथ निकै चपेटामा परेका छन् । यो घटनापछि उनको व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या बढ्दै गएको छ । ओस्कार एकेडेमीले उनलाई समारोहमा सहभागी हुन प्रतिबन्ध लगाएको छ भने उनको आगामी फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । यसअघि नेटफ्लिक्सले पनि उनको फिल्मको अर्को भाग नबनाउने घोषणा गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एम्यानसिपेशनका निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने निर्णय गरेका छन्। निर्माण पक्षले यो फिल्मलाई २०२३ सम्म सार्ने योजना बनाएको छ । यद्यपी यस फिल्मको अर्को रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन ।

थप्पड काण्डपछि नेटफ्लिक्सले विल स्मिथ स्टारर फिल्म ब्राइटको दोस्रो भाग नबनाउने निर्णय गरेको छ । तर, नेटफ्लिक्सले फिल्मको अर्को भाग नबनाएकोमा ओस्कर स्ल्याप काण्डसँग यसको कुनै सम्बन्ध नरहेको बताएको छ ।

उता विल र उनकी श्रीमती जाडा पिन्केटबीच पनि सम्बन्ध बिग्रिएको छ । उनीहरूको सम्बन्धविच्छेदको खबर हलिउड उद्योगमा आएको छ । समाचारका अनुसार विल र जादाबीच कुराकानी बन्द छ । ओस्कार अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनेको बताइएको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने यो जोडी छुट्टिएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछन्। विल स्मिथको कुल सम्पत्ति हाल करिब ३५० मिलियन डलर छ । यदि यस्तो भयो भने यो उद्योग संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा महँगो हुन सक्छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत